सबैभन्दा बढी कोरोना संक्रमणदर कर्णाली, गण्डकी र प्रदेश १ मा काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर गरिएको कोरोना परीक्षणमा सबैभन्दा बढी संक्रमणदर कर्णाली, गण्डकी र प्रदेश १ मा पाइएको छ। सो अवधिमा देशभर संक्रमणदर १९.७१ प्रतिशत रहेको छ। तर कर्णाली प्रदेशमा मात्र संक्रमणदर ४०.७ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ३८ प्रतिशत र प्रदेश १ मा ३६.९ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्