कोरोनाका कारण मृत्यु हुने सबैभन्दा बढी बागमती प्रदेशमा, कम कर्णालीमा काठमाडौं। कोरोना संक्रमणका कारण सबैभन्दा बढीको मृत्यु बागमती प्रदेशमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमतीमा हालसम्म ३ हजार ९३८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण प्रदेश–१ मा एकहजार २११, प्रदेश–२मा ७२७, गण्डकी प्रदेशमा ९३२, लुम्बिनी प्रदेशमा एकहजार५४४, कर्णाल प्रदेशमा ३९५ र सुदूरपश्चिम प्रदेशमा४३२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण नौहजार१७९ जनाले ज्यान गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्