कोरोना संक्रमणका कारण थप ३४ जनाको मृत्यु काठामाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ७८ हजार ८ सय ८ जनाका कोरोना संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्