कोरोना संक्रमणका कारण थप ४२ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको बताएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ हजार ५१ पुगेको छ। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्