२५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशका ७७ मध्ये २५ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको जनाएको छ। ती जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, बारा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन,काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट,कास्की, गोरखा, नवलपरासी(पूर्व), बागलुङ, दाङ, रुपन्देही, पाल्पा, बर्दिया, सुर्खेत र कैलाली छन्। हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या घट्दै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्