नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना कारण मृत्यु हुनेको संख्या आज ९ हजार ९ पुगेको हो। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। आज कोरोना भाइरसको संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार नाघेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्