विश्वभर १८ करोड चार लाखभन्दा बढीमा कोरोना संक्रमण काठमाडौं। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड चार लाख ४७ हजार ९७६ पुगेको छ। कोरोनाको पहिलो र दोस्रो लहरसँगै विश्वभर संक्रमणबाट ३९ लाख १० हजार ३११ जनाको मृत्यु भएको छ। हालसम्म सबैभन्दा बढी अमेरिकामा तीन करोड ३६ लाख तीन हजार १९३ जनामा संक्रमण देखिएको छ। अमेरिकासँगै भारतमा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्