विश्वका कोरोना संक्रमितको संख्या १८ करोड नाघ्यो काठमाडौं। विश्वमा कोराना भाइरस संक्रमितको संख्या १८ करोड नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा आजसम्म १८ करोड ११ लाख ६० हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विश्वका २ सय २० देश तथा क्षेत्रमा कोरोना भाइरस देखिएको छ। हालसम्म सबैभन्दा बढी कोरोना संक्रमति क्रमसः अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रुस, टर्की, बेलायत, अर्जेन्टिना, इटाली, कोलम्बिया, स्पेन र जर्मनीमा देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्