विश्वका ८५ देशमा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण एजेन्सी। संसारका लागि कोरोना भाइरसको डेल्टा भेरियन्ट पुनः संकट सिर्जना गरेको छ। विश्व स्वास्थ्य संगठनले डेल्टा भेरियन्ट यसअघिका अन्य भेरियन्टको तुलनामा बढी संक्रामक रहेको जनाएको छ। यसै भाइरसको नयाँ रुप विश्वमा कोरोनाको नयाँ लहरको कारक बन्नसक्ने डब्लुएचओले जारी गरेको वैश्विक रिपोर्टअनुसार अल्फा भेरियन्ट संसारका १७० देशमा, बीटा ११९ देशमा, गामा ७१ देशमा र डेल्टा ८५ देशमा फैलिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्