यी ३६ जिल्लामा छन् ५ सयभन्दा बढी सक्रिय संक्रमित काठमाडौं। देशभर ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या क्रमशः घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका ३६ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको छ। ती जिल्लामा मोरङ,सुनसरी, झापा,धनुषा, पर्सा, महोत्तरी,बारा, सिराहा, काठमाडौं, भक्तपुर,ललितपुर,चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ,नुवाकोट, दोलखा,गोरखा, नवलपरासी (पूर्व), म्याग्दी,बाग्लुङ, दाङ,बाँके, रुपन्देही, पाल्पा,बर्दिया, कपिलवस्तु, नवलपरासी(पश्चिम), सुर्खेत,डडेल्धुरा, कैलाली,कञ्चनपुर, र्बैतडी र अछाम रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्