यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था काठमाडौं। काठमाडौं जिल्लामा आज २३४ जना संक्रमित थपिएका छन्। योसँगै काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या दुई लाख दुई हजार ७१६ जना पुगेको छ। संक्रमितमध्ये एक लाख ९६ हजार ३७३ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण एक हजार ८६० जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा चार हजार ४८३ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्