फेरि दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित काठमाडौंमा थपिए काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। केही दिनयता काठमाडौंलाई पछि पार्दै बागलुङमा दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरमा ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६ र मोरङमा ७० जना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्