आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था काठमाडौं। काठमाडौंमा आज ४५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दुई लाख एक हजार ५४१ पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ९३ हजार ८०९ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा एक हजार ८२० जना संक्रमितको मृत्यु भइसकेको छ। काठमाडौं आज ५ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्