कोरोनाको सबैभन्दा बढी संक्रमणदर गण्डकी प्रदेशमा, त्यसपछि कर्णाली र प्रदेश १ मा काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा नेपालका सात प्रदेशमध्ये कोरोना संक्रमणको सबैभन्दा बढी दर गण्डकी प्रदेशमा पाइएको जनाएको छ। सो अवधिमा गण्डकी प्रदेशमा कूल ७३७ जनाको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३३१ जनामा कोरोना पुष्टि भएको थियो। अर्थात् ४४.९१ प्रतिशतमा कोरोना देखिएको थियो। गण्डकीपछि कर्णाली प्रदेशमा ३७ प्रतिशत र प्रदेश नं.१मा २३.७ प्रतिशतमा कोरोना पुिष्ट भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्