कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ जना पुगेको छ। नेपालमा कोरोनाको मृत्युदर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ४७ हजार ६५१ जनामा कोरोना पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्