आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा थप २०१ जनामा कोरोना संक्रमण भएको जनाएको छ। यो थपिएसँगै आज काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३८ पुगेको छ। काठमाडौंमा हालसम्म २ लाख एक हजार ९१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये एक हजार ८११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये एक लाख ९३ हजार २४२ जना निको भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्