बेलायती सांसदको अपिल– नेपाललाई स्वास्थ्य सामाग्री र कोरोना खोप देउ एजेन्सी। बेलायती सांसद माइक एमेसबरीले नेपाललाई छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री र कोरोना खोप उपलब्ध गराउन बेलायत सरकारसँग अनुरोध गरेका छन्। कोरोना महामारीविरुद्धको लडाइमा नेपाललाई यतिबेला सहयोगको आवश्यकता परेको उनले बताए। “नेपाल यतिबेला कोरोनाको गहिरो संकटमा छ। खोप, अक्सिजन र भेन्टिलेटरको अभावमा सयौंको मृत्यु भएको छ। यदि बेलायतले तत्काल सहयोग गरेन भने अझ धेरैले ज्यान गुमाउनेछन्,” उनले बेलायती संसदमा भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्