आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार २५७ काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार २५७ जना रहेको बताएको छ। सक्रिय संक्रमितमध्ये ५८ हजार ८६८ जना होम आइसोलेसन र ४ हजार ३८९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ९६७ जना आइसीयूमा र २८५ जना भेन्टिलेटरमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्