नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६६ हजारबाट तल झर्यो काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६६ हजारबाट तल झरेको बताएको छ। मन्त्रालयका अनुसार आज देशभर संक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ। नेपालमा पुष्टि भएको कूल कोरोना संक्रमणमध्ये १०.७८ प्रतिशत संख्या मात्र सक्रिय संक्रिमतको रहेको छ। नेपालमा हालसम्म ६ लाख १० हजार ५२१ जनामा संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्