पाल्पामा निषेधाज्ञा लम्बियो पाल्पा। पाल्पामा आज सम्पन्न भएको डीसीसीएमसीको बैठकले जिल्लामा कोरोना नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेका अनुसार जेठ ३१ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्ब्याएर असार १२ गते राति १२ बजेसम्म पुर्‍याईएको हो। खाद्यान्न, बैंक तथा वित्तीय संस्थाहरु निश्चित समयसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा लम्ब्याइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्