उपत्यकामा सक्रिय संक्रमितको संख्या १५ हजारभन्दा कम काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजारभन्दा तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या १४ हजार ८५७ रहेको छ। यीमध्ये काठमाडौंमा ८ हजार ६८७, ललितपुरमा ३ हजार ६२२ र भक्तपुरमा २ हजार ५५८ जना रहेका छन्। उपत्यकामा कूल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ४०३ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्