आज कुन प्रदेशमा कति संक्रमित थपिए? काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा बागमती प्रदेशमा १ हजार ५४८ जना संक्रमित थपिएका थिए। यस्तै प्रदेश १ मा ३१८, गण्डकी प्रदेशमा २५९, लुम्बिनी प्रदेशमा १९३, कर्णाली प्रदेशमा १८१, प्रदेश २ मा १०६ र सुदूरपश्चिम प्रदेशमा १०४ जना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्