दाङमा संक्रमित संख्या पाँच सय नाघ्यो दाङ। जिल्लामा अहिले कोरोनाको सक्रिय संक्रमित संख्या ५१५ पुगेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी गराए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै दाङमा पाँच हजार ६ सय जनामा संक्रमण देखिएको उनले बताए। उनका अनुसार जिल्लामा कोरोनाको कारण एक सय ९२ जनाको मृत्यु भएको छ भने पाँच हजार ८५ जना संक्रमित निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्