हुम्लाका ७० स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग हुम्ला।हुम्ली सेवा समाज नेपालगञ्जले हुम्लाका ७० वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।समाजमा आबद्ध १४ व्यक्तिको आर्थिक सहयोगमा जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराले जानकारी दिए।विश्वव्यापी महामारिका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दिनानुदिन तीव्रगतिमा फैलिरहेको अवस्थामा हुम्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई सामग्री सहयोग गरिएको सिमकोट–५ का जीवन बोहराले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्