कोशी अस्पतालको भेन्टिलेटरमा उपचाररत चार संक्रमितको मृत्यु
विराटनगर। कोरोना संक्रमणको कारण कोशी अस्पतालको भेन्टिलटरमा उपचाररत चार संक्रमितको आज मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्शन गजेन्द्र यादवले जानकारी दिए। मोरङकी ४० वर्षीया महिला, धनुषाकी ८७ वर्षीया महिला, सुनसरीका ५७ वर्षीय पुरुष र मोरङका ६० वर्षीय पुरुष गरी चार संक्रमितको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्
