उपत्यकामा थपिए ९१५ जना कोरोना संक्रमित
काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज ९१५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६७९, ललितपुरमा १२१ र भक्तपुरमा ८५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्। पछिल्ला दिन काठमाडौं उपत्यकामा क्रमशः संक्रमितको संख्या घट्दो क्रममा रहेको छ।
प्रतिक्रिया दिनुहोस्
