कोरोना संक्रमणका कारण आज थप ८१ जनाको मृत्यु
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १७८ पुगेको छ। नेपालमा हालसम्म ६ लाख १५ हजार ६५२ जनामा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये ५ लाख १० हजार २९८ जना कोरोनामुक्त भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्
