चितवनमा आज सात संक्रमितको मृत्यु चितवन। जिल्लामा आज कोरोना संक्रमणका कारण ७ जना संक्रमितको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी गराए। जिल्लामा पहिलेको भन्दा मृत्युदर २० प्रतिशत कम भएको उनले बताए। पीसीआर र एन्टिजेन्ट गरी आज जिल्लामा ५६५ जनाको परीक्षण गरिएको थियो। जसमध्ये ६३ जनाको पीसीआर र १७ जनाको एन्टिजेन्ट परिक्षणको रिपोर्ट सकारात्मका आएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्