निषेधाज्ञा सुरु भएयता करिब तीन लाख कोरोना संक्रमित थपिए काठमाडौं। सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु गरेयताको ४१ दिनमा देशभर २ लाख ९८ हजार ६०९ जना कोरोना संक्रमित थपिएका छन्। वैशाख १५ गतेसम्म नेपालमा कूल संक्रमितको संख्या तीनलाख १२ हजार ६९९ रहेको थियो। जेठ २५ गतेसम्म आइपुग्दा यो संख्या छलाख ११ हजार ३०८ पुगेको छ। नेपालमा रहेका कूल कोरोना संक्रमितमध्ये ४८.८४ प्रतिशत संख्या पछिल्लो ४१ दिनमा थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्