दोस्रो चरणको कोरोनाबाट कञ्चनपुरमा १७६ को मृत्यु काठमाडौं। दोस्रो चरणको कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरमा हालसम्म १७६ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन्। मृत्यु हुनेमा पुरुष १२२ र महिला ५४ जना छन्। स्थानीय तहअनुसार भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ९७ र लालझाडी गाउँपालिकामा सबैभन्दा कम एक जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्