बाँकेमा थप तीन जना संक्रमितको मृत्यु नेपालगञ्ज। बाँके जिल्लामा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ। बाँके जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेकी ४० वर्षीया महिला, प्युठानका ७२ वर्षीय पुरुष र बर्दियाकी ८० वर्षीया महिला गरी तीन संक्रमितको मृत्यु भएको हो। अहिलेसम्म बाँके जिल्लामा ६ सय २८ जना संक्रमितको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्