सहिदभूमीको निर्णय– कोरोनाबाट मृत्यु भए २० हजार राहत धनकुटा। सहिदभूमि गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँ र संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए। करिब ४ हजार घरलाई कोरोना संक्रमणबाट जोगिन मास्क,स्यानिटाइजर र साबुन वितरण गरेको छ। जनप्रतिनिधि र कर्मचारीले सबैघरमा पुगेर ती सामग्री वितरण गरेका हुन्। यसैगरी बिरामीलाई औषधि वितरण गर्ने कार्य निरन्तर रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्