हुम्लामा लक्षण बिनाका कोरोना संक्रमित हुम्ला। हुम्लाका अधिकांश गाउँपालिकामा लक्षण बिनाका कोरोना संक्रमितहरु देखिन थालेका छन्। दोस्रो लहरपछि एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा संक्रमितहरु लक्षण बिनाका देखिएका हुन्। संक्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरुमा लक्षण नभएको देखिएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ। कोरोना भएर आइसेलेसनमा बस्दै आएका संक्रमितहरु नौदेखि दशदिनमा घर फर्कने गरेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्