सस्तो मूल्यमा कोभिडविरुद्धको औषधी बनाउने तयारीमा अम्बानी एजेन्सी। मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले कोभिडविरुद्धको स्वास्थ्य सामग्री उत्पादन गर्ने प्रस्ताव राखेको छ। कम्पनीले उत्पादनको अनुमति पाएमा सस्तो मूल्यमै स्यानिटाइजर, परीक्षण किट र अक्सिजन कन्सन्ट्रेटर उत्पादन गर्ने बताइएको छ। यस्तै, रिलायन्सले कोरोना भाइरसको उपचारमा निक्लोसामाइडको प्रयोगको समेत प्रस्ताव गरेको छ।
प्रतिक्रिया दिनुहोस्