सुदूरपश्चिममा सङ्क्रमित हुनेभन्दा निको हुने धेरै धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ। १,३२८ सङ्क्रमित घर फर्किँदा ३२८ नयाँ सङ्क्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङमा गरी चार सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म प्रदेशमा मृतकको सङ्ख्या ५१६ जना पुगेको छ। प्रदेशको जनसङ्ख्या २५,५२,५१७ मध्ये आजसम्म २,३४,६३२ जनामा परीक्षण भएको छ। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्