चीनले हालसम्म नेपाललाई १८ लाख डोज कोरोना खोप उपलब्ध गरायो काठमाडौं। चीनबाट हालसम्म नेपालले १८ लाख डोज कोरोना खोप अनुदानस्वरूप प्राप्त गरेको छ। हिजो र आज दुई दिनमा मात्र चीनले नेपालमा १० लाख डोज कोरोना खोप पठाएको छ। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए। यसअघि चीनले नेपाललाई आठ लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्