तिब्बतबाट आइपुग्यो बाँकी एक लाख डोज कोरोना खोप काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतबाट बाँकी एक लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ। हिजो र आज गरी तिब्बतबाट कुल दुई लाख कोरोना खोप काठमाडौं आइपुगेको छ। यस्तै, हिजै बेइजिङबाट ८ लाख डोज काठमाडौं आइपुगेको थियो। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले थप १० लाख डोज कोरोना खोप दिने घोषणाअनुसार हिजो र आज खोप पठाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्