बाँकेमा थप चार संक्रमितको मृत्यु बाँके। बाँके जिल्लामा गएराति८ः४५ देखि बिहान१०ः३० बजेसम्ममा कोरोना संक्रमिणको कारण चार संक्रमितको मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी गराए। बझाङका६५ वर्षीय पुरुष, बाँकेका६७ वर्षीय पुरुष, सुर्खेतका७० वर्षीय पुरुष र प्युठानका५२ वर्षीय पुरुष गरी चार संक्रमितको मृत्यु भएको हो। योसँगै बाँके जिल्लाभित्रका२९६ र जिल्ला बाहिरका २९५ जना गरी पाँच सय ९१ जनाले ज्यान गुमाएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्