धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु काठमाडौं। कोरोना संक्रमणबाट मोरङका थप एक पुरुषको मृत्यु भएको छ। उर्लाबारी–४ का ६२ वर्षका पुरुषको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा मंगलबार राती ९ बजे मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए। जेठ ४ गते संक्रमण पुष्टि भएका उनको उपचारका लागि १२ गते अस्पतालमा भर्ना गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्