तिब्बतबाट एक लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराउने दुई लाख डोज कोरोना खोपमध्ये एक लाख डोज आज काडमाडौं आइपुगेको छ। नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले यसको पुष्टि गरेकी हुन्। बाँकी कोरोना खोपको एक लाख डोज भोलि तिब्बतबाट काठमाडौं आइपुग्नेछ। मे २६ मा चिनियाँ राष्ट्रपतिले नेपालकी राष्ट्रपतिसँग फोनवार्तामा थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्