बेइजिङबाट ८ लाख डोज कोरोना खोप भोलि दिउँसो २ बजे काठमाडौं आइपुग्ने काठमाडौं। चीनले दिने थप १० लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज भोलि दिउँसो २ बजे काठमाडौं आइपुग्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअनुसार खोप लिन नेपाल वायुसेवा निगमको चार्टर्ड विमान आज राति ११ बजे बेइजिङतर्फ जानेछ। बाँकी दुई लाख डोज खोप तिब्बत सरकारले प्रदान गर्नेछ। ती खोप पनि मंगलबार र बुधबार काठमाडौं आइपुग्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्