बाँकेमा कोरोनाबाट थप ६ जनाको मृत्यु बाँके। बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । राप्तिसोनारी गाउँपालिका–७ बाँकेकी ५० वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरूष, नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरूष, मध्य नेपाल नगरपालिका–४ लमजुङका ३१ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१ कैलालीकी ४० वर्षीया महिला र तुल्सीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुष उपचारका क्रममा मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्