आज ६ हजार २०५ जना संक्रमणमुक्त काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ६ हजार २०५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुने दर ७९.२ प्रतिशत रहेको छ। शनिबार ६ हजार ८० जना कोरोना संक्रमित निको भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्