थाइल्याण्डको राजा, रानी र राजकुमारीले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो काठमाडौं।थाइल्याण्डका राजा, रानी र राजकुमारीले कोरोना महामारीविरुद्ध लड्न सहयोगस्वरुप पठाएको स्वास्थ्य सामाग्री आज बिहान काठमाडौं आइपुगेको छ। स्वास्थ्य सामाग्री विशेष विमानमा काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौं आइपुगेको स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क, पीपीई, फेस शिल्ड, ¥यापिड एन्टिजेन टेस्ट किट, अक्सिमिटरलगायत छन्। आज नेपालको लागि थाइल्याण्डका राजदूत बोसिता बोरासाफले ती सामाग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्