म्याग्दीमा निको हुँदै जटिल समस्या भएका सङ्क्रमित म्याग्दी। बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना सङ्क्रमितहरु निको हुने क्रम बढ्दो छ। एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको संख्या बिस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ। चारदिन अघि १७ जना सङ्क्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार पाँचजना डिस्चार्ज भएका थिए। अस्पतालका अनुसार हाइफ्लो दिइरहेका एक जनाको स्वास्थ्यावस्था गम्भीर भएपनि बाँकीको अवस्था सामान्य छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्