प्रहरीद्वारा १२ सयजनालाई निःशुल्क मास्क वितरण काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चौबिस घण्टामा १२ सयलाई निःशुल्क मास्क वितरण गरेको छ। नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’अन्तर्गत उनीहरूलाई मास्क वितरण गरिएको हो। कोरोना नियन्त्रण अभियान चलाउने क्रममा सोही अवधिमा प्रहरीले स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा ५९७ जनालाई जरिवाना गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरूलाई ६१ हजार ५ सय रूपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्