लुम्बिनी अस्पतालमा मृत्यु दर घट्दै काठमाडौं। लुम्बिनी अञ्चल अस्पतालमा कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्यु दर पनि कम भएको छ। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमकाअनुसार केहीदिन यता अस्पतालमा विरामी चाप घटेको र मृत्युदर पनि घटेको छ। हरेकदिन विरामीको मृत्यु भइरहेको थियो तर पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको उनले बताए। अस्पतालमा अहिले ८० जना संक्रमितको उपचार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्