फिनल्याण्डले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो काठमाडौं।फिनल्याण्डले कोरोनाविरुद्ध लड्न नेपाललाई पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ।परराष्ट्र मन्त्रालयकाअनुसार फिनल्याण्डले ३ लाख ५० हजार थान एफएफपीटु मास्क,एक लाख थान केएन ९५ मास्क, २ लाख ३२ हजार थान ग्लोभ्स,३० हजार थान गाउन्स,२४ लाख ९८ हजार फेसमास्क र ३ लाख ५० हजार फेस शिल्ड्स पठाएको छ।नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टीनेनले ती सामाग्री स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्