काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण : सक्रिय सङ्क्रमित सङ्ख्या २८ हजार काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा २८,००५ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा १६,३६१, ललितपुरमा ६,८५५ र भक्तपुरमा ४,७८९ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,८३,८७१, ललितपुरमा ३२,३९० र भक्तपुरमा १९,३५७ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १५४४, ४११ र ३०९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको हुनेमा काठमाडौंमा १,६५,९६६, ललितपुरमा २५,१२४ र भक्तपुरमा १४,२५९ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्