बाँकेमा आज नौजना सङ्क्रमितको मृत्यु काठमाडौँ। कोरोना सङ्क्रमणको कारण बाँके जिल्लामा आजको दिन नौजना सङ्क्रमितको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी गराएका छन्। जिल्लामा ६८, ७३, ५५ वर्षीया महिला र ५७ वर्षका पुरुष गरी चारजना बाँकेका, बर्दियाका ८० वर्षीय पुरुष र ७५ वर्षीय महिला, दाङकी ५६ वर्षीया, कञ्चनपुरकी ४७ वर्षीया र कैलालीकी ७४ वर्षीया गरी बाहिरी जिल्लाका पाँचजना सङ्क्रमितको मृत्यु भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्